बुधबार नेपालभर १९४८ जनामा संक्रमण पुष्टि, २८ जनाको मृत्यु

  २०७७ मंसिर १० गते १६:३७     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १९४८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १९४८ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १६ हजार ६३९ पुगेकाे छ ।

नेपालमा आजसम्म १६ लाख ९० हजार ५०९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३१४० जना निकाे भएसँगैं हालसम्म २ लाख ७ हजार ९९८ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा २८ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १३८९ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.