करिब १३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पुनः श्रम स्वीकृति लिएर विदेश जाने पनि ह्वात्तै घटे

  २०७७ मंसिर १० गते १६:१७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा रेमिट्यान्स आयातमा करिब १३ अर्थात १२.६ प्रतिशले वृद्धी भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार रेमिट्यान्समा १२ं६ प्रतिशतको वृद्धी भएको हो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई रु.२५८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले बृद्धि भई २ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।

असोज महिनामा मात्र ९३ अर्ब रुपैयाँको रेमिटेन्स आएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भई रु.२८६ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.