असोजमा मूल्यबृद्धि ४ प्रतिशत मात्रै, तरकारी र गेडागुडी भाउ भने छोइनसक्नु

  २०७७ मंसिर १० गते १६:१५     विकासन्युज

काठमाडौं । गत असोज महिनाको मूल्य बृद्धि ४ प्रतिशतको हाराहारीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको असोज महिनाको तुलनामा ३.७९ प्रतिशतले मूल्यबृद्धि भएको तथ्यांकले देखाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यबृद्धि ६.२१ प्रतिशत रहेको थियो । गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ५.५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि २.४६ प्रतिशत रहेको छ ।

गत वर्षको असोजको तुलनामा २०७७ असोजमा तरकारी उपसमुहको मुल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.८६ प्रतिशत रहेको छ ।

गत असोजमा काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, तराईमा ४.४६ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत मूल्यबृद्धि रहेको छ । २०७६ असोजमा यी क्षेत्रहरुमा क्रमशः ८.१४ प्रतिशत, ५.७५ प्रतिशत, ४.८९ प्रतिशत र ५.११ प्रतिशत मूल्यबृद्धि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.