महानगरको स्वाव संलकन, के भन्छन् स्थानीय ?

  २०७७ मंसिर १० गते १४:२७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा गएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न थालेपछि स्थानीय खुसी भएका छन् । सरकारी निर्णयअनुसार केसी समय बन्द रहेको स्वाव संकलनको काम महानगरले सुरु गरेपछि स्थानीय खुसी भएका हुन् ।

वडा कार्यालयहरु मार्फत जनशक्ति परिचालन गरी पीसीआर परीक्षणका लागि महानगरले स्वाव संकलन गरिरहेको छ । स्थानीय आदर्श लामिछाने महानगरको उक्त कामलाई समुदायको सुरक्षाका लागि राम्रो कदम भन्छन् ।

काठमाडौं महानगरपालिकाले अझ वृहत रुपमा स्वाव संलकन गर्न सके सबैको पहुँचमा पुग्ने आशा स्थानीय गर्छन् । अहिले विभिन्न मापदण्ड बनाएर स्वव लिइरहेको महानगरलाई स्थानीय उद्धवप्रसाद लामिछाने अधिकांश जनता सःशुल्क परीक्षण गर्न सक्ने अवस्थामा नभएकाले अभियानलाई वृहत बनाउनुपर्ने सुझाव दिन्छन् ।

अर्का स्थानीय फाल्गुनी दाहाल केही समय बन्द भएर पुनः निशूल्क स्वाव संलकन भइरहेकोमा खुसी व्यक्त गर्दै महानगरपालिकाले मात्रै नभएर अन्य ठाउँमा पनि यसरी नै अभियान चलाउनुपर्ने बताउँछन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्र लामाले संक्रमितको संख्या बढ्दै गएपछि कन्ट्याक ट्रेसिङ र सरकारले तोकेको मापदण्डका आधारमा स्वाव संकलन थालिएको बताए । संक्रमित एकाघरका ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन थालिएको हो ।

कोरोनाको निःशुल्क परीक्षण नगर्ने सरकारी निर्णय सर्वोच्च अदालतको आदेशपछि बदर भएपछि अहिले सरकार र स्थानीय तहहरुले मापदण्ड बनाएर कोरोना परीक्षण गरिरहेका छन् । अन्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि काठमाडौं उपत्यकामा भने दिनदिनै संक्रमित बढीरहेका छन् । महानगरपालिकाले अशक्त, वृद्धवृद्धाहरुको मोबाइल भ्यान मार्फत स्वास्थ्यकर्मी खटाएर स्वाव संकलन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.