बुधबार १००० ले घट्याे सुनकाे मूल्य

<p>काठमाडाैं । बुधबार १ हजारले सुनकाे मूल्य घटेकाे छ । मंगलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा काेराेबार भएकाे सुन बुधबार १ हजारले घटेर ताेलाकाे ९१ हजार ५ सय पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएकाे तेजाबी [&hellip;]</p>

काठमाडाैं । बुधबार १ हजारले सुनकाे मूल्य घटेकाे छ । मंगलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा काेराेबार भएकाे सुन बुधबार १ हजारले घटेर ताेलाकाे ९१ हजार ५ सय पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएकाे तेजाबी बुधबार प्रतितोला १ हजारले घटेर ९१ हजार रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ११७५ रुपैयाँ पुगेकाे छ ।

Share News