एशियन लाइफको पहिलो त्रैमासः आम्दानी ५ करोडले घट्यो तर नाफा भयो दोब्बर बढी

  २०७७ मंसिर १० गते १०:४२     नबिन पाेखरेल

काठमाडौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा १ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८८ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ९ करोड ४० लाख रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड २ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गर्दा १० करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको आम्दानी २५ करोड ५ लाख रुपैयाँ रहेको थियो भने खर्च २१ करोड २ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खर्चमा उल्लेख्य कटौति गरेर नाफा बृद्धि गरेको हो । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा आम्दानी करिब ५ करोड रुपैयाँ कम भएपनि नाफा भने ५ करोड रुपैयाँभन्दा बढीले बृद्धि गरेको छ ।

आगामी रणनीति

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण आर्थिक गतिविधि विगतको तुलनामा न्यून छन् । कोरोना महामारीको असर विश्व अर्थतन्त्रमा समेत परेको छ । सो असर लामो समयसम्म रहने सम्भावना पनि देखिएका छन् ।

यस्तो परिस्थितिमा अर्थतन्त्रमा आउने विश्वव्यापी मन्दीले नेपालमा समेत प्रभाव पार्छ । सोही मन्दीको प्रभावबाट बीमा क्षेत्रमा पर्ने असरलाई न्युनिकरण गर्नु आजको मुख्य चुनौति रहेको कम्पनी व्यवस्थापनको विश्लेषण छ ।

कम्पनीका अनुसार गुणस्तरीय बीमा व्यवसाय अभिवृद्धीका लागि दक्ष जनशक्तिको अभाव छ । बढ्दो महंगी, तरलता संकुचन, सुरक्षित र आकर्षक दीर्घकालिन लगानीका अवसरहरुको कमी छ । यसरी नै जीवन बीमाको बारेमा जनचेतनाको समेत कमी छ भने जीवन बीमा कम्पनीहरुमा हुने अस्वस्थ प्रतिस्पर्धा आजका प्रमुख समस्या र चुनौति रहेको कम्पनी व्यवस्थापनको विश्लेषण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.