वृज सिमेन्टद्धारा ‘एक्सपर्ट मेशन क्लब’ का सदस्यलाई उपहार वितरण कार्यक्रम सम्पन्न

  २०७७ मंसिर ९ गते १४:४०     विकासन्युज

काठमाडौं । वृज सिमेन्ट इ. प्रा. लि.ले २०७६ सालमा स्थापना एक्सपर्ट मेशन क्लब अन्र्तगत रही कार्य गर्ने २०० निर्माणकर्मीहरुलाई उपहार प्रदान गरेको छ । जस अन्तर्गत विभिन्न क्षेत्रका निर्माणकर्मीहरुलाई ३२ इन्च टिभी, मोवाइल, भाइब्रेटर, भ्याकुम क्लिनर र सेफटी टुल्स किट उपहार वितरण गरिएको वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि.का सेल्स म्यानेजर निरज सिंहले जानकारी दिए ।

वृज सिमेन्ट इण्डष्ट्रीज प्रा. लि. ले निर्माण क्षेत्रमा कार्यरत कामदारहरुको हौसला र सुरक्षाको लागि विगत वर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो । यस एक्सपर्ट मिशन क्लबले नेपाल भर रहेका निर्माण कर्मीहरुलाई एकताबद्ध गराई उनीहरुको हौसला र सुरक्षाको लागि कार्य गर्दछ । वृज सिमेन्टले यसमा हातेमालो गर्दै आइरहेको छ, यसलाई निरन्तर रुपमा अगाडि लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

विभिन्न क्षेत्रका देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरेर उनीहरुको निःशुल्क रुपमा पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ । यस कार्यबाट कम्पनीले आफनो सामाजिक उत्रदायित्व को भुमिका निर्वाह गरेको छ । उक्त कार्यक्रमलाई अझैं फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशन क्लब” मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पासबुक वितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. का कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सक्ने जनाएकोे छ ।

कम्पनीले शुरुवात गरको एक्सपर्ट मेसन क्लब योजनाको औपचारिक रुपमा नेपालका विभिन्न स्थानहरुः काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो । अहिले सम्म कम्पनीले २५०० बढी निर्माणक्रमी साथिहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमी साथिहरुलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाट वहाँहरुको सुरक्षित महशुश गराउने कम्पनीको उदेश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.