डिशहोममा हाँस्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’

  २०७७ मंसिर ९ गते १२:२३     विकासन्युज

काठमाडौ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हाँस्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ हरेक बुधबार राति ८ः३० बजे प्रशारण हुने भएको छ । विणभ क्रियशन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुतिमा निर्मित ‘खै कुरा बुझेको ?’ हाँस्य टेलिसिनेमाको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको रहेको छ ।

‘खै कुरा बुझेको ? टेलिसिनेमाको कलाकारहरूमा शितल केसी, श्याम राई, युगज्योति क्रियाशिल, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दिपेश बञ्जारा, सागर गिरी, सागर बस्नेत र समिर जोशी लगायतको बडो गजबको अभिनय रहेको छ ।
यस कार्यक्रम शृंखलाकाका निर्देशन निर्देशक बाणी पोखरेलले गरेका छन् भने टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् । टेलिसिनेमाको छायांकन दिलीप विष्टले गरेका हुन् भने सम्पादनमा सुनिल श्रेष्ठको रहेको छ ।

सञ्चारका पहुँच नपुगेका दूरदराजका ग्राहकहरुले समेत आफूले मनले खाएको अथवा चाहेको नेपाली मनोरञ्जनमूलक कार्यक्रमहरु डिसहोमको आफ्नै च्यानेलहरुमार्फत छानीछानी नयाँनयाँ सजिलै हेर्न पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.