काठमाडाैं । मंगलबार एकैचाेटी १८ सयले सुनकाे मूल्य घटेकाे छ । आइतबार र साेमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा काेराेबार भएकाे सुन मंगलबार १८ सयले घटेर ताेलाकाे ९२ हजार ५ सय पुगेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । आइतबार र साेमबार ९३ हजार ८ रुपैयाँमा कारोबार भएकाे तेजाबी मंगलबार प्रतितोला १८ सयले घटेर ९२ हजार रुपैयाँ पुगेकाे छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला ११८० रुपैयाँ पुगेकाे छ ।