गार्डेन मार्टको लक्की ड्र अन्तर्गत खड्काले १ तोला सुन र गौतमले पाए प्लेजर स्कुटर

  २०७७ मंसिर ८ गते १९:३८     विकासन्युज

काठमाडौं । दशै, तिहार र छठ पर्वको अवसर परेर गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको लक्की ड्र का विजेताको घोषणा गरिएको छ । जसअन्तर्गत राजाराम खड्काले १ तोला सुन र अभय गौतमले लक्की ड्रमा प्लेजर स्कुटर प्राप्त गरेका छन् ।

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि। ले उपभोक्तालाई सर्वसुलभ रुपमा एउटै छानामुनि दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानमा चेन स्टोरका रुपमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ । संस्थाका मुख्य प्रबन्धक लिलानाथ गौतमका अनुसार स्टोरले ५ हजार र ८ हजार रुपैयाँसम्मको सामान खरिद गर्ने उपभोक्ताहरूलाई यो लक्की ड्रमा सहभागि गराएको थियो ।

संस्थाले डडेलधुरा, भक्तपुर र दाङको तुल्सिपुरमा मार्ट सञ्चालनमा ल्याइसकेको छ । निकट भविष्यमै मुलुकका विभिन्न क्षेत्रमा करिब २ सयको हाराहारीमा मार्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको मुख्य प्रबन्धक गौतमले जानकारी दिए ।

स्टोरले सोमबार एभिन्युज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर विजेताको घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.