सबैभन्दा बढी कर तिर्ने कैलाश हेलिकोप्टर सम्मानित

  २०७७ मंसिर ८ गते १९:१५     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी आयकर दाखिला गरेको कैलाश हेलिकोप्टर सर्भिसेज सम्मानित भएको छ । कैलाश हेलिकोप्टरले आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको क्षेत्राधिकारका करदातामध्ये उक्त आवमा सबैभन्दा बढी आयकर दाखिला गरेको थियो ।

कैलाश हेलिकोप्टर नवौं राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएको हो । उक्त अवसरमा प्रमुख कर अधिकृत मित्रलाल अधिकारीले कैलाश हेलिकोप्टर सर्भिसेजका प्रबन्ध र्निदेशक प्रतापजंग पाण्डेलाई सम्मानपत्रका साथ सम्मान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.