महासंघलाई दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक छः सौरभ ज्योति

  २०७७ मंसिर ८ गते १७:५८     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट्स सदस्य समूहको उपाध्यक्षका उम्मेद्वार सौरभ ज्योतिले दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व महासंघलाई आवश्यक रहेको बताएका छन् ।

आगामी दश वर्षमा देशको आर्थिक भविश्य निर्माणका लागि महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको वातावरण निर्माण गर्न पनि दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक हुने बताए । त्यसका लागि नीतिगत सुधारदेखि जनशक्तिको सीप अभिवृद्धि गर्ने लगायतका विषयमा सरकारी निकायहरुसँग समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमता नेतृत्वसँग हुनुपर्ने ज्योतिले बताए ।

पछिल्लो समय निजी क्षेत्रसँग मानसम्मान र सुरक्षा केहीपनि नभएकोले त्यसलाई स्थापित गर्न सकेमात्रै देशको अर्थतन्त्रको विकास सम्भव हुने पनि उनले बताए । अर्थतन्त्रको मेरुदण्ड उद्योग व्यववसाय नै भएकाले उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि लडनुपर्ने बेला आएको पनि उनले बताए । त्यसका लागि आफु लगायत आफ्नो टीम सक्षम रहेको ज्योतिको भनाई छ ।

जुनसुकै नेतृत्व आएपनि निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लैजाने, रोजगारी सिर्जना गर्ने, उद्यमशिलताको विकास गर्ने र समग्र निजी क्षेत्रको हकहितको लागि लडने क्षमता राख्नुपर्ने ज्योतिले बताए । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले पनि योग्य नेतृत्वको आवश्यकता रहेको उनको भनाई छ ।

महासंघलाई व्यवसाय गर्ने थलो बनाउने व्यक्ति नभई आफ्नो स्वार्थ छाडेर समग्र निजी क्षेत्रको हितमा काम गर्न सक्ने व्यक्ति महासंघमा अटनुपर्ने उनले भने । सौरभ ज्योति किसोर प्रधान समूहबाट एसोसिएट्स सदस्य समुहको उपाध्यक्ष पदका उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.