महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन, भट्टराईले पाए प्रमुखको जिम्मेवारी

  २०७७ मंसिर ८ गते १७:५३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका हुन् ।

महाशाखामा आज एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ । विदाई समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफुले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम गरेको दावी गरे । ट्राफिक व्यवस्थापनका लागि आफुले गरेको प्रयासहरु सफल रहेको उनले बताए । आम नागरिकबाट समेत उपत्यकाको ट्राफिक व्यवस्थापनको प्रशंसा हुने गरेको उल्लेख गर्दै ढकालले भोलीका दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना काम भएका कामहरुलाई आफुले निरन्तरता दिने बताए । विगतमा पनि आफुले मशाखाका अन्तरगत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफुले पहिलो प्राथमिकतामा राख्ने बताए ।

ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको हो । उनले महाशाखा प्रमुख भएर १५ महिना ट्राफिक प्रहरीको नेतृत्व गरेका थिए । आज नै कुशलतापूर्वक कर्तव्य निर्वाह गर्ने अधिकृत र जवान गरी १९ जना ट्राफिक प्रहरीलाइ पुरस्कृत गरिएको छ । यसैगरी देशैतिहार र त्यो भन्दा अगाडीको समयमा चोरी भएका २४ वटा मोटसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.