नेपाल मेडिसिटी अस्पताल र ललितपुर चेम्बर अफ कमर्शबीच सम्झौता

  २०७७ मंसिर ८ गते १७:३३     विकासन्युज

ललितपुर । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल र ललितपुर चेम्बर अफ कमर्श बीच सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालको सेवामा ललितपुर चेम्बर अफ कमर्शका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत तथा उपचारमा विशेष सुविधा प्राप्त गर्ने भएका छन् ।

अस्पतालका महाप्रबन्धक विजय रिमाल एवं ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्प रत्न शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

अस्पतालका महाप्रबन्धक रिमालले राष्ट्रकै पहिलो अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल मेडिसिटी अस्पतालले ललितपुर क्षेत्रलाई सधै प्राथमिकतामा राखेको बताएका छन् ।

आर्थिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिहरुको थप साथ र हौसला प्राप्त गर्ने उद्देश्य रहेको उनले बताए ।

त्यस्तै, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्प रत्न शाक्यले नेपाल मेडिसिटी अस्पतालले गुण्स्तर अन्तर्राष्ट्रिय स्तरको उपचार प्रदान गर्दै आएको र स्वदेशी अस्पताललाई साथ दिन यस सम्झौता गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.