२०७७ मंसिर ८ गते १६:४८ विकासन्युज
काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार २३औं वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केबलकार छिट्टै नै सुरक्षाका सबै मापदण्डसहित खोल्ने तयारी भईरहेको कम्पनीले जनाएको छ ।
केबलकारले स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका पालना कार्यान्वयनमा ल्याउने गरी स्थानीय तह र उद्योगी व्यवसायीसँग समन्वय गरिरहेको जनाएको छ । पहिला स्थानीयको सुरक्षाका लागि केबलकार नखोलिएको तर अहिले स्थानीय उद्योगी व्यवसायी पनि केबलकार खोल्ने खबरले उत्साहित भएकोले स्थानीय तहको स्वीकृतिमा केवलकार छिट्टै नै खुला गरिने कम्पनीले जनाएको छ ।
कोभिडपछिका दिनहरुमा केबलकारको टिकट अनलाइनमार्फत खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । इ–सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् ।
२२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केवलकारको यात्रा गरिसकेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.