फाेनपे ‘क्यूआरमा उपहार’: हरेक दिन उपहारका साथै बम्परमा यमाहाको एफजेडआइ स्कुटर

  २०७७ मंसिर ८ गते १५:२७     विकासन्युज

काठमाडौं । फोनपेले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना ल्याएको छ । फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यस योजनामा प्रयोगकर्ताले दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् ।

यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सक्नेछन् । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक/एक वटा यमाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्नेछन् ।

बम्पर उपहार योजनाको अन्तिममा दिनमा सार्वजनिक गर्ने कम्पनीले जनाएकाे छ। यो योजना ८ मंसिर देखि ११ माघसम्म सञ्चालन हुनेछ । फोनपेसँग आवद्ध बैंक तथा इसेवाको मोबाईल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुने सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.