पोहोरकोभन्दा १० करोड खर्च घटाएर नाफा बढायो नेपाल लाइफले, अरु यस्ता छन् १५ महिनाका सुचक

  २०७७ मंसिर ८ गते १४:४२     नबिन पाेखरेल

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको पहिलो ३ महिनामा ७ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै १ अर्ब रुपैयाँ बीमा शुल्क बढी संकलन गरेको छ ।

पहिलो त्रैमासमा नेपाल लाइफको नाफा २२ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ नाफा गरेको थियो । कोरोना महामारीको बीचमा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले नाफा बढाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सोही अवधिमा ८ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष पहिलो त्रैमासमा कम्पनीले ३९ करोड २२ लाख आम्दानी गरेको कम्पनीले सोही अवधिमा १८ करोड ७८ लाख रुपैयाँ खर्च गरेको थियो ।

हाल नेपाल लाइफको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा ३ अर्ब ६६ करोड रुपैयाँ छ । जीवन बीमा कोषमा भने ९४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा कम्पनीको ६० करोड ८० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईंले व्यवस्थापकीय टीमको नेतृत्व गरिरहेका छन् ।

2 comments on "पोहोरकोभन्दा १० करोड खर्च घटाएर नाफा बढायो नेपाल लाइफले, अरु यस्ता छन् १५ महिनाका सुचक"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.