दोहोरिएर कोरोना संक्रमण भयो भने पहिलाको भन्दा निकै गाह्रो भएको अनुसन्धानले देखायोः डा. सोप्निल

  २०७७ मंसिर ८ गते १३:१९     विकासन्युज

काठमाडौं । भारतमा स्वास्थ्यकर्मीहरुमा गरिएको अध्यनमा जिनोम स्क्विेन्सिङ्ग (Genome Sequencing)ले स्वास्थ्यकर्मीहरु दोस्रोपटक कोभिड संक्रमित हुँदा त्यसमा जटिलता थपिने देखाएको छ । उक्त अध्यन ल्यानसेट मेडिकल जरनलमा प्रकाशित भएको छ ।

सो अध्ययनका सह-लेखककाे समेत रहेका इन्टर्न तथा किल्निकल रिर्सचर डा. सोप्निल पारिखले इकोनोमिक टाइम्ससँगको अन्तर्वार्तामा सार्स कोभिडको पुनः संक्रमणको बारेमा भारतमा ४ जना स्वास्थ्यकर्मीमा गरिएको अनुसन्धानको नतिजाको बारेमा बताएका छन् ।

उनी मुम्बईकाे महामारी स्टार्टअप डिआइवाई हेल्थका सहसंस्थापक पनि हुन् ।

तपाईहरुको अध्यनले के पत्ता लगाएको छ ?

हामीले गत मे र जुनको अवधिमा ४ जना स्वास्थ्यकर्मीलाई पहिलोपल्ट कोरोना भएको पत्ता लगायौं । जसमा दुई जनामा केही सामान्य लक्षणहरु देखिएको थियो भने बाँकी दुई जनामा कुनै पनि प्रकारको लक्षण देखिएको थिएन । पछि उनीहरु सबैजना निको भएर पुनः कोभिड बिरामीको उपचार गर्न काममा फर्किए । फेरि जुलाईमा उनीहरु ४ जनामै पुन: संक्रमण भएको पाइयो । हामीले उनीहरु पहिलोपटक संक्रमण हुँदाको स्याम्पल पनि राखेका थियौ‌, जसमा हामीले होल जिनोम स्क्विेन्सिङ्ग(Whole Genom Sequencing) प्रकृया प्रयोग गर्यौ । हामीले उनीहरु पहिलोपटक र दोस्रोपटक संक्रमण हुँदाका स्याम्पलमा यस विधिको प्रयोग गर्दा दुवैमा केही परिवर्तन भएको पायौं, जसले हाम्रो अध्यनलाई समर्थन गर्याे ।

तपाईहरुको अध्यनले स्वास्थ्यकमीहरु पनः संक्रमित हुने र त्यो अवस्था गम्भिर हुन सक्ने देखाएको छ । तपाईको अनुसार यसको लागि आवश्यक उपायहरु के हुन सक्छन् ?

हाम्रो अध्यनमा सबै संक्रमित स्वास्थ्यकर्मी धेरै लक्षण र निको हुन लामो समय लाग्यो । त्यसैले दोस्रो पटक संक्रमण हुँदा थप जटिलता आए पनि यस अवस्थालाई सामान्य अवस्थाभन्दा केही थप बिरामी रहेको अवस्थाको रुपमा मात्र छुटाइएको छ । उनीहरु सबै भर्खरका थिए तर यदि कोही बुढो स्वास्थ्यकर्मी भएको भए जटिलता आउन सक्थियो ।

सबैलाई यो बुझाउन जरुरी छ कि पुनः संक्रमण हुन असम्भव जस्तै रहेको छ । यसमा अत्तिनु पर्ने कुरा छैन तर यसलाई थप अनुसन्धान गर्ने बजेटको आवश्यक छ । किनभने यसले हामीलाई यसबाट को खतरामा छ भन्ने बताउँछ ।

यस्ता दुर्लभ हुने घटनाको अध्यन आवश्यक छ किनभने यसले हामीलाई भाइरसको बारेमा थप नयाँ जानकारी दिन सक्छ ।

होल जिनोम स्क्विेन्सिङ्गले हामीलाई कसरी भाइरसको पुन संक्रमणको बारेमा पत्ता लगाउँछ ?

होल जिनोम स्क्विेन्सिङ्गले भाईरसको जेनेटिक कोडलाई अध्यन गर्न मद्धत गर्दछ । हरेक पटक भाइरसले प्रतिलिपी बनाउँदा जेनेटिक कोडहरुमा त्रुटीहरु देखिन सक्छ । समयसँगै भाइरस एउटा शरीरदेखि अर्को शरीरमा जाँदा त्यसमा देखिने त्रुटी र भिन्नताको बारेमा यस प्रकृयाले पत्ता लगाउँछ ।

भाइरस एउटै व्यक्तिको भित्र हुँदा केही त्रुटीहरु देखिन सक्छन् तर दोस्रो व्यक्तिबाट आउँदा त्यसमा धेरै त्रुटीहरु देखिन्छन् जसले उक्त भाइरस अर्को स्रोतबाट आएको बताउँछ ।

कोभिड-१९ टेष्टिङ्ग प्रोटोकलमा तपाईले देखेको चुनौतीहरु के के हुन् ?

हाम्रो पहिलो चुनौती भनेको परीक्षणको दर हो । हामीले लाखौंको संख्यामा टेष्ट गर्न सक्नुपर्छ । दाेस्रो भनेको बिरामी पत्ता लगाउनु हो । हामीले जति छिटो संक्रमितहरु पत्ता लगाउँछौं, त्यति नै छिटो निको पनि पार्न सक्छौं । तेस्रो भनेको परीक्षण दोहोराएर गर्नु हो । कोभिडको परीक्षण एक चोटी गर्नुपर्ने विषय होइन । यसलाई दोहोराइरहनु पर्दछ । संक्रमणको जोखिम जारी रहेको कारण यसलाई दोहोराइरहनु पर्दछ । परीक्षणको दर, संक्रमित पत्ता लगाउने समय र टेष्टिङ्ग फ्रिक्वेन्सी यो महामारी रोक्नलाई गरिएको टेष्ट जत्तिकै महत्वपुर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.