गोरखा जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा साधना लघुवित्त

  २०७७ मंसिर ७ गते १९:०३     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था गाेरखा जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा गाेरखा जिल्लाका करदाता मध्ये सबैभन्दा बढी कर दाखिला गरेकोमा यस वित्तीय संस्थालाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय दमाैलीका प्रमुख कर अधिकृतले संस्थाका प्रमुख कार्यकारी अधिकृत रेसम न्यौपानेलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७५/७६ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लेखित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.