२०७७ मंसिर ७ गते १८:५० विकासन्युज
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको हो ।
आन्तरिक राजस्व कार्यालय कलंकीका प्रमुख कर अधिकृतले संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री दुलाललाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७५/७६ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लेखित गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.