युनाईटेड इदी-मर्दीकाे आईपीओ भर्ने म्याद सकियो, कतिले दिए आवेदन ?

  २०७७ मंसिर ७ गते १७:३१     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले निष्काशन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने म्याद सकिएको छ । गत मंसिर ३ गतेदेखि निष्काशन गरेको कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेपछि आज (मंसिर ७ गते आइतबार) बाट निष्काशन बन्द भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यस अवधिमा ५ लाख ५७ हजार २८९ जना आवेदकले कम्पनीको एक करोड ६९ हजार कित्ता सेयरको लागि आवदेन दिएका छन् । उक्त सेयरमा एक अर्ब ६९ लाख रुपैयाँ बराबरको आवेदन परेको हो । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ११.५२ गुणाले बढी हो ।

कम्पनीले गत बुधबार मंसिर ३ गतेदेखि ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गरेकाे हाे ।

जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.