चार महिनामा ३१५ फर्मलाई जरिवाना, २८ वटाको कारोबार रोक्का

  २०७७ मंसिर ७ गते १६:४५     विकासन्युज

काठमाडौं । वाणिज्य विभागले चालु आर्थिक वर्षको प्रथम चौमासमा काठमाडौं उपत्यकाका ३१५ फर्मलाई जरिवाना गराउनकाे साथै २८ फर्मको कारोबार रोक्का गरेकाे छ । विभागले एक हजार ७१ वटा फर्महरुमा अनुगमन गर्दा ३१५ बढीलाई कारवाही गरेकाे हाे ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग चाडपर्वको समयमा गरेका अनुगमन क्रममा गैर व्यवसायिक क्रियाकलापकाे कारण फर्महरुलाई कारवाही गरेकाे जनाएकाे छ । जरिवानामा परेका ३१५ र्फमहरुबाट विभागले एक करोड १८ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन गरेकाे जनाएकाे छ ।

विभागले इलेक्ट्रोनिक्स सामान, तरकारी, मासु, कपडा पसल, खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, मिठाई, हार्डवेयर लगायतका पसलमा अनुगमन गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.