सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकारमा गुरागाईँ नियुक्त

  २०७७ मंसिर ७ गते ११:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाइँ सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।

उनी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको विशेष सल्लाहारमा नियुक्त भएका हुन् ।

कोषको सचिवालय समितीको निर्णय अनुसार उनलाई विशेषज्ञ सल्लाहकारमा नियुक्त गरिएको कोषले जानकारी दिएको छ । कोषकाे सचिवालय समितिले असोज १४ गते गरेको निर्णय अनुसार उनी विशेषज्ञ सल्लाहकारमा नियुक्त भएका हुन् ।

गुरागाईँ सहकारीकर्मी तथा चार्टर्ड एकाउन्टेन्ट हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.