कुमारी बैंकले मंसिर २९ गते बोलायो वार्षिक साधारणसभा, बोनससहित यस्ता छन् विशेष प्रस्ताव

  २०७७ मंसिर ७ गते १०:५३     विकासन्युज

काठमाडौं । कुमारी बैंकले आगामी मंंसिर २९ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान साढे ११ बजे काठमाडौंको टंगालस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २०औं वार्षिक साधारणसभा गर्ने भएको हो ।

बैंकले कोभिड १९ को जोखिमका कारण साधारण सभामा अनलाईन मार्फत सेयरधनीलाई सहभागि गराउने व्यवस्था मिलाउने भएको छ ।

उक्त सभामा बैंकले सेयरधरनीलाई गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । साथै, ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गर्ने छ ।

त्यस्तै, कुनै संस्थालाई एक आपसमा गाभ्ने तथा गाभिने तथा प्राप्तिको लागि सञ्चालक समितिलाई अख्तियारी दिने बैंकको विशेष प्रस्ताव रहेको छ ।

सभामा जाने प्रयोजनको लागि बैंकको आगामी मंसिर १५ गते बुक क्लोज हुने भएको छ । यससँगै मंसिर १४ गतेसम्म कायम सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउने तथा कम्पनीको लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.