सगरमाथा इन्स्याेरेन्सको जगेडा कोष ५५ करोड पुग्यो, यस्ता छन् १५ महिनाका प्रमुख सुचकहरु

  २०७७ मंसिर ७ गते १०:१४     नबिन पाेखरेल

काठमाडौ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क ३२ करोड ४९ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आय १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको आय १ अर्ब २९ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९३ लाख रुपैयाँ नाफा प्राप्त गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो ।

हाल सगरमाथा इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ । अहिले जगेडा कोषमा कम्पनीको ५५ करोड २० लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा जम्मा ३९ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, बीमा कोषमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४८ करोड ८७ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा छ । यस्तै, मूल्य आम्दानी अनुपात (पिई रेसियो) ४० रुपैयाँ ३५ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २ सय ३४ रुपैयाँ ४४ पैसा रहेको छ ।

व्यवस्थापकीय विश्लेषण

स्तरीय सेवाका कारण बिमितहरुको विश्वास हाँसिल गर्न कम्पनी सफल भएको छ । सोही कारण कम्पनीको बीमा व्यवसायपनि सन्तोषजनक नै रहेको छ । समीक्षा अवधिसम्मको बीमा व्यवसाय अपेक्षित नाफामा नै रहेको र आगामी दिनहरुमा सबै कार्यक्षेत्रहरुमा अझ बढी सेवा विस्तार गर्दै जाने रणनीति लिएको सगरमाथा इन्स्योरेन्स कम्पनीले जनाएको छ । कम्पनीको व्यवस्थापनको जिम्मेवारी चंकी क्षेत्रीले प्रमुख कार्यकारी अधिकृतको रुपमा संहालिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.