२०७७ मंसिर ६ गते १६:१० विकासन्युज
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६७४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १६७४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या २४ हजार ९ पुगेकाे छ ।
नेपालमा आजसम्म १६ लाख ५२ हजार ४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३२३ जना निकाे भएसँगैं हालसम्म १ लाख ९३ हजार ३२५ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १३०५ पुगेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.