बिओके क्यापिटलको प्रस्तावित नगद लाभांश पारित

  २०७७ मंसिर ५ गते १६:२९     विकासन्युज

काठमाडौं । बिओके क्यापिटलको प्रस्तावित ४.५ प्रतिशत नगद लाभांश पारित भएको छ । आज मंसिर ५ गते सम्पन्न संस्थाको पाँचौ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी २१ करोड रुपैयाँको ४.५ प्रतिशतका दरले हुने ९४ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर समेत) पाउने छन् ।

सभा संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.