शाइन रेसुङ्गाको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

  २०७७ मंसिर ५ गते १५:२०     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । शुक्रबार मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५४.८५ प्रतिशत र सर्वसाधारणको ४५.१५ प्रतिशत स्वामित्व हुने छ ।

तामघासमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण ७ अर्ब ८१ करोड २३ लाख रुपैयाँ रहेको छ । बिहीबार (मंसिर ४ गते) कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५९ रुपैयाँमा किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.