मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत

  २०७७ मंसिर ५ गते १२:३०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत भएको छ । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिताको लागि बैंक उक्त उपाधिबाट पुरस्कृत भएको हो ।

संस्थाले प्रदान गरेको सेवाको प्रभावकारिताले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को प्रथम पुरस्कारबाट पुरस्कृत गरेको हो ।

‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिनेछ ।

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरु मध्ये ११८ ओटा शाखा मार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिई रहनु भएको छ भने यो क्षेत्रमा रु. १७ अर्ब भन्दा बढी लगानीमा रही रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.