शिखरको नाफा १७ करोड ५९ लाख, यस्ता छन् १५ महिनाका प्रमुख परिसुचक

  २०७७ मंसिर ५ गते १२:००     नबिन पाेखरेल

काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास (असोज मसान्तसम्म) मा ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले पुनर्बीमा कमिशन आयबाट १३ करोड ६६ लाख ६९ हजार रुपैयाँ प्राप्त गरेको छ । गत वर्ष सोही शिर्षकमा कम्पनीले १२ करोड ८७ लाख ७४ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

लगानी कर्जा तथा अन्य आय शिर्षकमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५५ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेको छ । गत आर्थिक वर्षको सोही समयमा कम्पनीले ५ करोड २७ लाख २८ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

शिखरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ५९ लाख ६९ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १७ करोड ५ लाख ३७ हजार रुपैयाँ नाफा गरेको थियो ।

बीमाशुल्क

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९० करोड ४३ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कमपनीले ९२ करोड ६ लाख ३१ हजार रुपैयाँ बीमाशूल्क संकलन गरेको थियो ।

व्यवस्थापकीय विश्लेषण

विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण समग्र अर्थतन्त्रमा परेको प्रभावसंगै कम्पनीको व्यवसाय समेत प्रभावित भएको कम्पनीले जनाएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण अन्यौलताको कारण आगामी समय बीमा व्यवसायको लागि चुनौतिपूर्ण रहेको कम्पनीले बताएको छ । बैक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने मुद्धती निक्षेपको व्याजदर घटिरहेको अवस्थामा लगानीबाट प्राप्त हुने आयमा समेत असर परेको देखिन्छ ।

कोरोना भाइरस संक्रमणको कारण कम्पनीको व्यवसायमा पर्न सक्ने प्रभावलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीति बनाई अघि बढ्ने योजना रहेको शिखर इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।

यस्तो छ १५ महिनामा कम्पनीका प्रमुख परिसुचकहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.