चर्चाको शिखरमा पुगेको एनएमबी बैंकः कस्ता छन् १५ महिनायताका प्रमुख परिसुचक ?

  २०७७ मंसिर ४ गते १०:३६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको नाफापछि एनएमबी बैंक चर्चाको शिखरमा छ । एनएमबीले कमाएको नाफालाई लिएर विभिन्न कोणबाट छलफल र वहस पनि भइरहेको छ ।

एनएमबी बैंक तत्कालिन नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबाट सन् २००८ मा एनएमबी बैंकको रुपमा स्तरोन्नति भएको बैंक हो । यो बैंकमा नेदरल्याण्डको स्थापित वित्तीय संस्था एफएमओको १३.६९ प्रतिशत प्रमोटर सेयर छ, एउटै समुहको सबैभन्दा बढी प्रमोटर सेयर हो ।

एनएमबीले सन् २०१७ र सन् २०१८ मा बैंक अफ दि एयर अवार्ड प्राप्त गरेको छ । बैंकको वेबसाइटमा उल्लेख भएअनुसार उसको अहिले १ सय ७३ वटा शाखा र १ सय ३५ वटा एटिएम बुथ संचालनमा छन् ।

बैंकको संचालक समिति अध्यक्षमा स्थापित उद्योगी पवनकुमार गोल्यान छन् । संचालकहरुमा एफएमओको तर्फबाट निको पिजल, कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले, सर्वसाधारण सेयरधनीको तर्फबाट योगेन्द्रलाल प्रधान, उत्तम ब्लोन र सिरिशकुमार मुरारका तथा स्वतन्त्र संचालकको रुपमा प्रदीपराज पाण्डे छन् ।

बैंकको व्यवस्थापकीय टीमको नेतृत्व अनुभवी बैंकर सुनिल केसीले प्रमुख कार्यकारी अधिकृतको रुपमा संहालिरहेका छन् । यस्तै, प्रदीप प्रधान चिफ अपरेटिङ अफिसर (सीओओ), शब्नम लिम्बु जोशी चिफ ह्युम्यान रिसोर्सेज अफिसर, शरद तेजी तुलाधर चिफ रिक्स अफिसर, सुदेश उपाध्याय, चिफ विजनेस एण्ड स्ट्राटेजी अफिसर, गोविन्द घिमिरे चिफ विजनेस अफिसर, नविन मानन्धर चिफ फिनान्स अफिसर, प्रमोदकुमार दाहाल कम्पनी सचिव तथा चिफ इन्टरनल अडिट र रोशन रेग्मी रिटेल बैंकिङको प्रमुखको रुपमा व्यवस्थापकीय तहको जिम्मेवारीमा छन् ।

बैंकले विगत १५ महिनायता के कस्तो परिवर्तन र उपलब्धी हासिल गर्यो भन्ने तथ्यांक तलको टेवलमा प्रस्तुत गरिएको छ ।

सम्वन्धित सामग्री

एनएमबी बैंकको सेयरमा किन बढिरहेको छ आकर्षण ? (समग्र विश्लेषण)

एनआइसी एसिया र एनएमबीबीच मर्ज भए कस्तो बैंक बन्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.