खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्द

  २०७७ मंसिर ३ गते १७:४२     विकासन्युज

काठमाडौं । धादिङको खानीखोलमा ट्रकले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।

६ वर्षीय बालक राजमार्गमा बाटो काट्दै गरेको अवस्थामा ना ६ ख ४९४७ नम्बरको ट्रकले ठक्कर दिएर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बताएको छ ।

अहिले ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । स्थानीयले त्यसको बिरोधमा राजमार्ग नै अवरुद्द गरेका छन् । साँझ ४ बजेदेखि बन्द रहेको राजमार्ग अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.