व्यवसायिक संकटमा एयर एसिया, भारतबाट बाहिरिँदै, जापानमा पनि हवाई सेवा बन्द

  २०७७ मंसिर ३ गते १७:१०     विकासन्युज

काठमाडौं । मलेसियाली एयरलाइन्स कम्पनी एयर एशिया यतिखेर ठूलो संकटमा परेको छ । केही वर्षयता व्यापार खस्किँदै गएको यस हवाई कम्पनीको दकडाउनपछिको व्यापारमा झन गिरावट आएको छ ।

दिनप्रतिदिन व्यापार खस्किँदै गएपछि एयर एसियाले भारतबाट पलायत हुने योजना बनाएको छ । एयर एसियाको भारतमा टाटा समूहसँग संयुक्त लगानी छ । एयर एशिया समूह (एयरलाइन्स) का अध्यक्ष बो लिंगमले एक विज्ञप्ति जारी गरेको गर्दै कि पछिल्लो समय भारत र जापानमा व्यर्थै खर्च भइरहेको बताएका छन् ।

यसले पनि कम्पनीको वित्तीय अवस्था झन झन खस्किँदै गएको विज्ञप्तीमा उल्लेख छ । उनले विज्ञप्तीमा भनेका छन्, ‘हाम्रो मुख्य लक्ष्य भनेको भारतमा ब्यापारको समयमा नगद खर्च कम गर्नु र लागत घटाउनु हो, त्यसैले पनि हामीले एयर एशियाको हवाई सेवा जापानमा रोकेका छौं ।’

साथै कम्पनीले एशियामा लगानीको समीक्षा समेत गरिरहेको छ । यसबाट पनि बुक्र्न सकिन्छ कि जापानपछि कम्पनीले भारतमा पनि यसको सञ्चालन रोक्न सक्छ । कम्पनी आफ्नो ४९ पतिशत सेयर टाटा समूहलाई बेचेर कम्पनी भारतबाट बाहिरिन सक्छ ।

एयर एशिया भारतीय बजारमा पछाडि

नागरिक उडड्य प्राधिकरण (डीजीसीए) भारतका अनुसार अनुसार यो एयर एसिया भा्तमा सेप्टेम्बरमा ५८.५ प्रतिशत लोड फ्याक्टरको साथ सञ्चालनमा थियो । भारतमा डोमेष्टिक यात्रुको हिस्सा ६ प्रतिशत मात्र छ । यो अवधिमा उयर एसियाको हवाई मार्फत २.४ लाख मानिसले यात्रा गरेका छन् ।

भारतीय बजारको लिडर इंडिगोको यात्रु हिस्सा भने ६५.४ प्रतिशत छ । घरेलु यात्रुको हिस्सा ५७ प्रतिशत छ भने एक महिनामा इंडिगोमार्फत २२. ७ लाख मानिसले यात्रा गरेका छन् ।

जुलाईमा एयर एशियाको यात्रुहरुको संख्यामा ७९ प्रतिशतले बढेको थियो । यस्तै सोही समयमा एयर एसियाकै थाईल्यान्डको यात्रीहरुको संख्या भने ६५ प्रतिशतको वृद्धि भएको थियो । तर कोरोना संक्रमणको कारण, यसको व्यापार अन्य एयरलाइन्स कम्पनीहरू जस्तै प्रभावित भएको छ ।

विगत छ महिनाभन्दा बढी वर्षदेखि यस कम्पनीले व्यवसायमा चुनौतीको सामना गरिरहेको छ । एयरलाइन्स व्यवसाय कोभिड १९ कारण उत्पन्न लकडाउनले निकै प्रभावित भएको छ । एयर एशिया भारतको केन्द्रिय कार्यालय भारतको बेङ्लोरमा छ । यसले भारतको १९ ठाउँमा आफ्नो उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.