भारतीय बीमा कम्पनी ‘एलआइसी’ बेच्ने मुडमा भारत सरकार, कम्पनीको मूल्याङ्कनका लागि आवेदन माग

  २०७७ मंसिर २ गते १६:०३     विकासन्युज

काठमाडौं । भारत सरकारको स्वामित्वमा रहेको प्रख्यात जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) लाई भारत सरकारले बेच्ने मनसाय बनाएको छ । भारतीय केन्द्र सरकारले एलआईसीमा आफ्नो शेयर बेच्ने प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीको हिस्सा बेच्नको लागि भारत सरकारले सो बीमा कम्पनीको मूल्यांकनका लागि आवेदन समेत माग गरिसकेको छ । सो कम्पनीको मुल्याकंनका लागि डिसेम्बर १० सम्मको समय तोकिएको छ ।

मूल्याकंनमा कम्पनीको हालको सम्पत्तिको मूल्य र हाल चालु बीमा पोलिसीको मुल्याकंन गर्नुपर्नेछ । सरकारले यसको केही स्वामित्व अर्थात हिस्सा बेच्न खोजेको बुझिएको छ । चालु आर्थिक वर्ष भित्रै यस कम्पनीको हिस्सा बेच्ने र यसलाई सेयर बजारमा सुचिकृत गर्ने योजना भारत सरकारको रहेको बताइएको छ ।

कम्पनीले आफूलाई आर्थिक रुपमा अब्बल अर्थात राम्रो पफर्मेन्स नगरेकै कारण भारत सरकारले यसको केही हिस्सा बेच्न खोजेको हो । नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन डुब्ने अवस्थामा रहेको समाचारहरु लामो समयदेखि आइरहेका थिए ।

यस बीमा कम्पनीको पछिल्लो केही वर्ष यता खराब सम्पत्ति (नन परफरमिङ एसेट्स (एनपीए) शतप्रतिशत वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.