३ महिनामा करिब १३ प्रतिशतले घट्यो वस्तु पैठारी, यी हुन् आयात र निर्यात भएका मुख्य १० वस्तु

  २०७७ मंसिर २ गते १२:३२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्म वस्तु पैठारीमा करिब १३ प्रतिशतले कमि आएको छ । चालु आवको पहिलो तीन महिनामा १२.७ प्रतिशतले वस्तु पैठारीमा कमि आएको हो ।

यस वर्षको पहिलो त्रैमासमा २ खर्ब ९२ अर्ब २७ करोड रुपैयाँका वस्तु पैठारी भएको छ । अर्थमन्त्रालयका अनुसार गत आर्थिक वर्षको सोेही अवधिमा ३ खर्ब ३४ अर्ब ९५ करोडको वस्तु पैठारी भएको थियो । जुन अहिलेको भन्दा १२.७ प्रतिशतले बढी हो ।

यस वर्ष भारत, चीन र अन्य देशहरुबाट भएको पैठारी क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत, र १९ प्रतिशतले घटेको छ । यस अवधिमा कुल पैठारी मध्ये भारत, चीन र अन्य देशतर्फ भएको पैठारी अंश क्रमशः ६६.२ प्रतिशत, १४.८ प्रतिशत र १८.९ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात क्रमशः ६१ं.९ प्रतिशत, १७.७ प्रतिशत र २०.४ प्रतिशत रहेको थियो ।

चालु आर्थिक २०७७/७८ को असोज महिनासम्म मोबाइल, टेलिफोन, भटमास, कच्चा तेल, चामल लगायतका वस्तुको आयात बढेको छ ।
चालु आवको पहिलो त्रैमासमा ५४.४ प्रतिशतले बढेको छ । यस्तै भटमासको कच्चा तेल पनि १०४ प्रतिशतले बढेको छ भने चामल ९४ प्रतिशतले आयात बढेको छ ।

यस अवधिमा ११ अर्ब १० करोडका मोबाइल, ८ अर्ब १३ करोडको भटमासको तेल, ७ अर्ब ४७ करोडको चामल आयात भएको छ ।
यस्तै यस वर्षको पहिलो त्रैमासमा वस्तु निककासी पनि बढेको छ । यस वर्ष १४.३ प्रतिशतले वस्तु निकासी वृद्धी भई ३१ अर्ब ५ करोड पुगेको छ ।

यस वर्ष सबैभन्दा बढी अलैँची निर्यात भएको छ । अलैँची १ अर्ब ४७ करोड रुपैयाको निर्यात भएको छ भने जमोठ कपडा १ अर्ब ३२ करोड रुपैयाँको निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.