खुलामञ्चमा भाइटिका, माहाेल यस्ताे देखियाे (तस्वीरसहित)

  २०७७ मंसिर १ गते १४:५३     विकासन्युज

काठमाडौं । काठमाडौंको खुलामञ्चमा निशुल्क खाना वितरण गर्दै आएको टिमले खुलामञ्चमा नै भाइटिका मनाएको छ । आइतबार निशुल्क खाना खान आएकाहरूलाई टिमले टीका तथा टोपी लगाइदिएर भाइटीका मनाएको हो ।

लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको हो । गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणलाई भाइटीका लगाइदिएको हो ।

कोरोनाका कारण आफ्नो दिदीबहिनीहरुलाई भेट्न जान नपाएका दाजुभाईहरुलाई आज भाइटीकाको दिन सप्तरंगी टीकासँगै मखमली फूलको माला र ढाका टोपी लगाइदिएको टिमको भनाई छ ।

लकडाउनपछि निरन्तर खाना खुवाइरहेको उक्त समूहले दशैंमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो । मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.