जुम्ला-हुम्लामा हिमपात, काठमाडौंको आकाश पनि मडारियो

  २०७७ मंसिर १ गते १०:२१     विकासन्युज

काठमाडाैं । आज भाइटिकाको दिन जुम्ला र हुम्लामा हिमपात भएको छ । हिजोदेखि नै दुवै जिल्लामा हिमपात सुरु भएको हो । अहिलेसम्म ती जिल्लाहरुमा एक फिटभन्दा बढी हिउँ जमिसकेको बताइएको छ ।

हिमपातका कारण तापक्रम माइनसमा झरेको र जाडो निकै बढेको स्थानीयले बताएका छन्। जुम्ला सदरमुकाम खलंगा र हुम्ला सदरमुकाम सिमकोटमा हिमपातका कारण हवाई यातायात प्रभावित भएको छ ।

यस सँगै आज काठमाडौंको आकाश पनि मडारिएको छ । सधैझैँ घाम लाग्ने काठमाडौंमा आज बादल लागेको छ । यसले पनि काठमाडौंमा चिसो ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भइरहेको छ। साथै प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.