अब सुन चोरी हुने र दुई नम्बरी पर्ने चिन्ता चैट, यस्तो नियम ल्याउँदै सरकार

  २०७७ कार्तिक ३० गते १८:५३     विकासन्युज

काठमाडौं । सुनका गरगहना किनेर लगाउने चाहना धेरैको हुन्छ । तर पछिल्लो समय सुन खरिद गर्दा व्यापारीले चोरी गर्ने वा दुई नम्बरी बनाउने प्रवृति पनि बढ्दै गएको छ । यसले आम नागरिकलाई सुन खरिद गर्न पनि त्रास लिनु पर्ने अवस्था सिर्जना भएको छ ।

तर,अब भने भारतीय नागरिकले यस्तो त्रसित अवस्थाबाट मुक्ती पाउने भएका छन् । भारत सरकारले सुन चोरी गर्ने र दुई नम्बरी सुन बनाउनेहरुका लागि छुट्टै एने ल्याउने भएको हो ।

भारत सरकारले अर्को बर्षबाट नियम लागू गर्ने बताएको छ । सो नीति आएपछि ग्राहकले सतप्रतिशत शुद्ध सुन पाउने र चोरीको चिन्ता लिनु नपर्ने भारत सरकारले जनाएको छ ।

सुनका गहनाहरूमा अनिवार्य हलमार्किंग १ जुलाई २०२१ देखि लागू हुनेछ । अब सुनको व्यापार गर्ने व्यवसायीहरुले पनि पसल दर्ता गरेर सञ्चालन गर्नु पर्ने भएको छ । यस अघि धेरै व्यापारीले दर्ता नै नगरी व्यवसाय गर्दै आएका थिए । सो नीति अनुसार अब त्यस्तो गैर कानुनी काम गर्नेलाई कैद सजाय हुने भएको छ । एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.