ढकाल समूह भन्छः जित सुनिश्चित छ, हामी भारी मतान्तरले विजयी हुन्छौं

  २०७७ कार्तिक ३० गते १८:१७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिर ११ गतेदेखि १घ गतेसम्म हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको चन्द्र ढकाल समूहले दावी गरेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहले विभिन्न ठाउँमा हुने चुनावी समारोहमा आफूहरुको जित सुनिश्चित भएको बताउँदै आएका छन् ।

महासंघको विर्नाचनको क्रममा जिल्ला दौडाहामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी तथा केन्द्रीय सदस्यहरुलाई प्रत्यक्ष रुपमा भेटेर भोट मागरिहेका छन । समारेहमा विभिन्न जिल्ला नगरका अध्यक्षहरुले पनि ढकालको समूहलाई ८० प्रतिशतभन्दा बढी मत दिलाएर विजयी गराउने प्रतिवद्धता जाहेर गरिरहेका छन् ।

ढकाल समूहको समर्थनमा धेरै जिल्ला नगर अध्यक्षहरु रहेका छन् । धेरै जिल्ला नगरका अध्यक्षले ढकाललाई भोट हाल्ने खुला समारोहमै उद्घोष गरिसकेका छन् । नेपालको सुदूरपश्चितको धनगढीबाट सुरु गरेर १ नम्बर प्रदेशको धनकुटासम्म पुगेको ढकाल टीमलाई सबैजसो जिल्ला अध्यक्षले प्रत्यक्षरुपमा भेटगरी भारी मतले चुनाव जिताउन आफुहरु लागिपर्ने बताउँदै आएका छन् ।

चुनावी अभियानको क्रममा कात्तिक २० गते धनगढी पुग्दा ढकाल प्यानललाई स्वागत गर्दै सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले एउटै स्वतरमा भने ‘हामीले डेढ दशकपछि साना मझौला तथा जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न सक्ने व्यक्ति पाएका छौं त्यसैले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीलाई जिताउनुको विकल्प नरहेको बताएका थिए ।

सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका १० जिल्ला नगर अध्यक्षमध्ये ८ जनाले प्रत्यक्ष रुपमा उपस्थित भई जिताउन लाग्ने बताएका थिए । सो चुनावी साभामा अन्य प्रदेशका जिल्ला नगरका अध्यक्ष समेत गरी ३ दर्जनभन्दा बढी अध्यहरुको उपस्थिती रहेको थियो ।

यस्तै, ढकाल टीमको स्वागतमा नेपालगंजमा आयोजित कार्यक्रम महासंघको केन्द्रिय अधिवेशन वा विजय सभाभन्दा कम थिएन । नेपालगंजको झकिझकाउ सजावटबाट सिगारिएको सभाहलमा उपस्थित कणरली र ५ नम्बर प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले अब महासंघमा आफुहरुको प्रतिनिधित्व नै ढकालले गर्नेभन्दै जीतको अग्रीम बधाई दिएका थिए ।

ढकाल समूहले कत्तिक २७ गते १ नम्बर प्रदेशको भेडेटारमा गरेको चुनावी अभियानमा ५२ जिल्ला नगरका अध्यक्ष एवं प्रतिनिधिहरु उपस्थित भएका थिए । करिव २ दर्जन जिल्ला नगरबाट पूर्व अध्यक्ष तथा पदाधिकारीहरु प्रतिनिधित्व गर्दै ढकाल टीमलाई समर्थन गर्न उपस्थित भएका थिए ।

यसैगरी ५ नम्बर प्रदेशको वुटवलमा आयोजित कार्यक्रममा सो प्रदेशका सबैजसो जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले अबको महासंघमा ढकाल निर्विकल्प रहेको बताएका थिए । जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीको आफ्नै प्रदेशमा आयोजित सो कार्यक्रमा जिल्ला अध्यक्षहरुले सानादेखि ठूलो व्यवसायसम्म सफल रुपमा संचालन गर्दै आएका ढकाल र जिल्ला नगरका हेरक समस्यासम्म जुध्दै आएका तिवारीको टीमलाई जिताउनु नै समग्र व्यवसायीको हित हुने बताएका थिए ।

यसैगरी ढकाल आफैले प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई एकछापे भोट हाल्ने भन्दै अन्य प्रदेशका अध्यक्षहरुलाई समेत उक्त टीमलाई दुई तिहाई भन्दा बढी भोट दिएर जिताउन आग्रह गरेका थिए ।
यस्तै, वागमती प्रदेशमा पनि कुल १६ मध्ये १२ ओटा जिल्ला नगरका अध्यक्षहरु उपस्थित भएर आसन्न निर्वाचनमा ढकाल प्यानलको विकल्प नरहेको बताएका थिए ।

चुनावी अभियानको क्रममा रहेको ढकाल समुहलाई १ नम्बर प्रदेशको भेडेटारमा स्वागत गर्दै सो प्रदेशअन्तर्गतका जिल्ला नगर अध्यक्षहरुले ढकाल नेतृत्वको टीमले आफ्ना व्यवसायीका समस्या समाधान गर्न सक्ने बताएका थिए । कार्यक्रममा उपस्थित सो प्रदेशका १७ ओटा जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानलसँग आफ्नो मन र एजेन्डा मिलेको भन्दै कुनै पनि शक्तिले सो समुहलाई पराजित गर्न नसक्ने उद्घोष गरेका थिए ।

चुनावी दौरानमा रुहेका ढकालको ठीमले जिल्ला नगरका अध्यक्षहरुबाट यस्ते खालको प्रतिवद्धता पाएपछि उत्साहित भएर जित सुनिश्चित भएको उद्धघोष गरेको हो । ढकाल समूहले भारी मतान्तरले विजय हुने पनि बताइसकेको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल भिड्दैछन् । यतिखेर ढकाल र प्रधानको समूह चुनावी प्रचारप्रसारमा नै व्यस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.