कोरोना झन भयावह बन्दै गएपछि विभिन्न देशमा पुनः लकडाउन गरिँदै, नेपालमा तिहारपछि लकडाउन हुन्छ ?

  २०७७ कार्तिक ३० गते १७:४०     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) झन भयावह बन्दै गएको छ । यो भाइरससंक्रमणदर दिनप्रतिदिन झन व्यापक बन्दै गएपछि विभिन्न देशहरुले पुनः लकडाउन गर्न थालेका छन् ।

विशेष गरेर युरोपेली मुलुकहरुमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि लकडाउन गर्न थालिएको छ । युरोपेली मुलुक अस्ट्रियाले दोस्रो पटक देशव्यापी लकडाउन घोषणा गरेको गरिसकेको छ । अस्ट्रियाले रात्रिकालीन कफ्र्यू पछि दोस्रो पटक लकडाउन घोषणा गरेको हो ।

दोस्रो पटकको लकडाउन साढे दुई साताका लागि चान्सलर सेबास्टियन कुर्जले घोषणा गरेका हुन् । मंगलबारबाट लागू हुने नयाँ व्यवस्थापछि विद्यालयहरू बन्द हुने बताइएको छ । तर भर्चुअल माध्यमबाट पढाइ भने सुचारु हुने घोषणा गरिएको छ ।

अस्ट्रियामा शुक्रबार ९ हजार ५८६ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै शनिबार ७ हजार ६३ जना भेटिएका छन् भने ८५ कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै हालसम्म अस्ट्रियामा १ लाख ९८ हजार कोरोना संक्रमित भेटिएका छन् भने १ हजार ७४६ संक्रमितको मृत्यु भइसकेको छ ।

यस्तै, युरोपेली मुलुक फ्रान्स, बेलायत लगाउत अन्य देशहरुमा पनि दोस्रो चरणको लकडाउनको घोषणा गरिएको छ । बेलायतमा हालसम्म १३ लाख मानिसहरुमा कोरोना देखिएको छ भने फ्रान्समा १९ लाख ५४ हजार ५ सय ९९ जना कोरोना संक्रमित भएका छन् ।

त्यस्तै नेपालमा पनि पछिल्लो समय कोरोना भाइरसका बिरामीहरु बढ्दै गएका छन् । विशेष गरेर काठमाडौं उपत्यकामा कोरोना भाइरसका बिरामीहरु बढ्न थालेका हुन् । पछिल्ला केही दिनयता नमुना संकलनको २५ प्रतिशतको हाराहारीमा कोरोना संक्रमण पुष्टी भइरहेको छ ।

नेपालमा पनि संक्रमण उच्च गतिमा विस्तार भइरहेकोले अबका दिनमा कसरी अघि बढ्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिस्थितिको अध्ययन गरिरहेको बताइएको छ । नोपलमा कोरोनाको संक्रमणदर नरोकिएपनि सरकारले तिहारपछि पुनः लकडाउन गर्ने होकि भन्ने अनुमान पनि गरिसकेका छन् ।

तर, गृह मन्त्रालयका अधिकारीहरु निर्णय भइसकेपछि मात्र यस बारे बोल्न उचित हुने बताउँछन् । उसो त काठमाडौं उपत्यका नगरपालिका फोरमले तिहारपछि उपत्यकामा लकडाउन गर्ने प्रस्ताव अगाडि बढाइसकेको छ । धेरैले यसलाई आधार मानेर पनि फेरि लकडाउन हुन सक्छ भन्ने आँकलन गरिरहेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच गत बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो छलफल भएको थियो ।
फोरमले तिहार, छठ पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा छलफल गरेको थियो ।

बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरहरूलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए।पछिल्लो समय मुलुकभर संक्रमण तथ्याङमध्ये करीब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नुपर्ने धारणा सिसिएमसीबाट उठेको थियो।

‘गृह मन्त्रालयका प्रवक्रा चक्रबहादुर बुढाले पनि स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा कदम अगाडि बढाउने बताए । अहिले नै लकडाउन हुन्छ भन्न सकिन्नँ, परिस्थितीको अध्ययन गरिन्छ, विषयगत मन्त्रालयले के कस्तो सिफारिस गर्छन्, त्यसलाई आधार मान्ने हो, त्यसपछि मन्त्रिपरिषद्ले निर्णय गर्ने हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.