थप १४७७ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

  २०७७ कार्तिक ३० गते १६:२९     विकासन्युज

काठमाडौं । नेपालमा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४७७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार २७९८ जना निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । हाल नेपालमा ३५ हजार १२५ जना सक्रिय संक्रमित छन् ।

आज थप ६ जनाको मृत्यु भएसँगै मृतक संख्या १२२१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.