अब हङकङमा रहेका नेपालीले रेमिट्यान्समार्फत नेपालमा पैसा पठाउन सक्ने, केएमई र जि.एम.इ रेमिबीच सम्झैता

  २०७७ कार्तिक २९ गते १४:३१     विकासन्युज

काठमाडौं । हङकङको ख्याति प्राप्त रेमिटान्स कम्पनी केएम इ रेमिटान्स जि.एम.इ रेमिट प्रा.लिबिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ ।

अब हङकङमा रहेका नेपालीहरूले केएम इ रेमिटान्सकोसेवाप्रयोग गरीजि.एम.इ रेमिटको माध्यमबाटसजिलै सँग नेपालमा रहेका आफ्नाआफन्तहरुलाई पैसा पठाउन सकिने छ ।

नेपालमाजि.एम.इरेमिटसँग आबद्ध १० हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै नगद भुक्तानी लिन सकिने छ र नेपालको जुन सुकै बैंकको खातामा तुरुन्तर कम झिक्न मिल्ने गरी जम्मा गर्न सकिनेछ साथै मोबाइल वालेटमा समेतलोड गर्न सकिने सुबिधा उपलब्ध छ।

उक्त सम्झौतामा जि.एम.इ. रेमिट प्रा.लि को तर्फबाट प्रबन्धनिर्देशक तथा प्रमुखकार्यकरी अधिकृत दिवाकर पौडेल र केएम इ रेमिटान्स लिमिटेडको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकरीअधिकृत गोकर्ण प्रसाद ढकालले संयुक्त रूपमा हस्ताक्षरगरेका हुन्।

जि.एम.इ. रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.