दराजको ब्यापारमा उछाल, पछिल्ला सबै रेकर्ड ब्रेक

  २०७७ कार्तिक २९ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले कोभिड १९ को बावजुद ११–११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ । ११–११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.५२ करोडको बिक्री दर्ता गरेहको छ । जुन गत वर्षको भन्दा ६० प्रतिशत बढी हो।

अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो भने ७ हजारभन्दा बढी विक्रेताहरूले २८ विभिन्न शहरहरूमा व्यापार गर्न सफल भएको जनाएको छ ।

वालेट र कार्ड मार्फत गरिने अनलाईन पेमेन्टमा पनि गत वर्ष भन्दा उल्लेखेनिय बढी वृद्धि भएको विज्ञप्ती मार्फत जनाएको छ ।
देखियो जुन पुरै सेल को ४५ प्रतिशत थियो। समग्रमा, यसपाली को ११ ११ मा गत बर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको छ । अभियानको उल्लेखनीय हाइलाइटहरू मध्ये, पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै बिक्री भइसकेहको थियो।

बजारमा महामारीको कारण कम व्यापार भैरहेको बेला, ११.११ धेरै व्यवसायहरूको लागि सफलता मिलेको बताइएको छ ।

यस्तो चुनौतीपूर्ण अवस्थाको बाबजुद पनि, नेपालमा सफलतापूर्वक ११.११ तेस्रो पटक आयोजना गर्न सकेकोमा दराजले खुसी व्यक्त गरेको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले उपभोक्ता र विक्रेता दुवैको लागि केहि सकारात्मक चिज ल्याउन सकेकोमा खुसी वयक्त गरे । आर्थिक स्थितिलाई ध्यानमा राख्दै ११–११ जस्ता सेल अभियानहरुले ठूलो रूपमा साना र मझौला आकारका व्यवसायहरूलाई आफ्नो उत्पादन बेच्न एक प्लेटफर्म पाउने उनको भनाई छ ।

यस वर्षको ११–११ मा गत दुई वर्ष भन्दा अझ बढी प्रयोगकर्ताहरू, विक्रेताहरू, आएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.