सामाजिक सुरक्षा भत्ता बैंकिङमार्फत वितरण गर्न गृहको निर्देशन, कुन स्थानीय तहले कहिले वितरण गर्ने ?

  २०७७ कार्तिक २८ गते १७:३७     विकासन्युज

काठमाडौं । जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्न गृह मन्त्रालयल निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना नै जारी गरी नेपालका विभिन्न स्थानीय तहहरुले बैंकिङ प्रणाली मार्फत नै अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले देशका ७ सय ५३ स्थानीय ५३ स्थानी तहहलाई विभिन्न समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले १४ वटा स्थानीय तहलाई मंसिर १ गतेदेखि, ४ सय ९२ वटा स्थानीय तहलाई कात्तिक २४ गतेदेखि, २ सय ४७ स्थानीय तहलाई आगामी वर्षको साउन १ गतेदेखि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न निर्देश गरेको हो ।
नेपाल सरकारले सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १७ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपालका ७ सय ५३ वटा स्थानीय तहहरुमा बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न यो सूचना जारी गरिएको पनि सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.