लाभांश पारित गर्न सिटिजन्स बैंक बोलायो वार्षिक साधारणसभा

  २०७७ कार्तिक २८ गते १६:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आगामी मंसिर २० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको लाभांश पारित गर्न सो दिन चौधौं वार्षिक साधारण सभा डाकेको हो ।

कार्तिक २८ गते बसेको संचालक समितिको ३४७ औं बैठकले कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । बैंक संचालक समितिले सेयरधनीलाई ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) प्रस्ताव गरेको थियो ।

बैंकले १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकको लाभांश संशोधन, बोनसदर बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.