नेपालमा २४ घण्टामा २ हजार १ सय ११ जना काेराेना संक्रमित थपिए

  २०७७ कार्तिक २८ गते १६:३०     विकासन्युज

काठमाडाैं । आज नेपालमा थप  २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सँगै संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ। त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.