देउसी भैलो खेलेको भिडियो माछापुच्छ्रे बैंकलाई पठाउनुस्, जित्नुस् ५० हजार रुपैयाँ

  २०७७ कार्तिक २८ गते १६:१७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ । कोरोना भाइरसको जाखिमले गर्दा अघिल्ला वर्षहरुमा जस्तो घरघरमा गएर देउसी भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको हो ।

देउसी भैलोमा सहभागी हुन सहभागीहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसी भैलो गित भिडियो सहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागीहरुले बढिमा ३ मिनेटसम्मको भिडियो यही मङ्सिर १ गतेसम्म पठाउनु पर्ने छ । बैंकले विशुद्ध बैंकिङ सेवाको साथ विभिन्न समयमा ग्राहक लक्षित यस्ता प्रतियोगिताको आयोजना गर्देै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.