सिटिजन्स बैंकको तिहार योजनाः मोबाइल बैकिङ्गबाट पैसा पठाउँदा क्यासब्याक पाइने

  २०७७ कार्तिक २८ गते १४:५३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले “यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार” योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत तिहारमा पैसा पठाउँदा एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गतेसम्म तिन पटक गरी २ हजार रुपैयाँभन्दा बढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी पैसा पठाउँदा विवरणमा भने “सिटिजन्स तिहार” भनी खुलाउनु पर्ने छ ।

तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदीबहिनीलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत व्यवस्था गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.