खुद नाफामा एनबी बैंकको छलाङ, गत वर्षको तुलनामा ४२ प्रतिशतले बृद्धि

  २०७७ कार्तिक २८ गते १०:०४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार एनबी बैंकले नाफामा उल्लेख्य बृद्धि गरेको पाइएको छ ।

एनबी बैंकले पहिलो तीन महिनामा ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ८६ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । प्रतिशतका आधारमा बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.९ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य नाफा भने ५ करोड ८९ लाख रुपैयाँ छ ।

बैंकको खुद व्याज आम्दानी भने गत वर्षकोभन्दा घटेको छ । बैंकको खुद व्याज आम्दानी ५ करोड ५६ लाख रुपैयाँ घटेर ६९ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

कुल ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ७७ करोड ३० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड र रिटेन्ड अर्निङ्गमा ७१ करोड ४१ लाख रुपैयाँ थियो।

बैंकको निक्षेप ६८ अर्ब ५५ करोड रुपैयाँ छ भने कर्जा ५९ अर्ब ४४ करोड रुपैयाँ छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १९ रुपैयाँ ९१ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ रुपैयाँ ८९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८.०३ गुणा रहेको छ।

त्यसैगरी, निष्क्रिय कर्जा १.९७ प्रतिशतबाट बढेर २.३९ प्रतिशत पुगेको छ भने आधार दर ९.८७ प्रतिशतबाट घटेर ८.१३ प्रतिशत कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.