मेगा बैंकको खुद नाफा र ब्याज आम्दानी दुबैमा वृद्धि, निष्क्रिय कर्जा घट्याे

  २०७७ कार्तिक २८ गते १०:००     विकासन्युज

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३८ प्रतिशतले बढी हो ।

बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा ४३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, बैंकको वितरणयोग्य नाफा ५ करोड ५६ लाख रूपैयाँ छ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा करिब २८ करोड रुपैयाँले बढी हो । गत आवको सोहि अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी बढेर १८.२१ रुपैयाँ पुगेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात १२.६३ गुणा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ कायम रहेको छ ।

१३ अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९९ करोड रुपैयाँ सञ्चित रहेको छ । जुन गत वर्षको भन्दा कम हो । गत वर्षको सोहि अवधिमा बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड रुपैयाँ सञ्चित थियो ।

गत असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन बढेर १ खर्ब २९ अर्ब रुपैयाँ र कर्जा लगानी १ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । जुन गत आवको सोहि अवधिमा क्रमशः १ खर्ब २७ अर्ब रुपैयाँ र १ खर्ब १० अर्ब रुपैयाँ थियो ।

बैंकको निष्क्रिय कर्जा घटेर १.०१ प्रतिशतमा झरेको छ । जुन गत आवमा १.४२ प्रतिशत थियो । सीसीडी रेसियो ८०.७८ प्रतिशत, पुँजीकोष अनुपात १२.७९ प्रतिशत, आधार दर ८ प्रतिशत र स्प्रेड दर ४.३८ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.